खेलकुद

जर्मनी अस्ट्रियासँग पराजित, पोर्चुगल र बेल्जियम बराबरीमा

काठमाडौं । विश्वकप फुटबलको रौनक नजिकिदै गर्दा विभिन्न देशहरुबीचमा मैत्रीपूर्ण खेलहरु भइरहेका छन् । यसै क्रममा उपाधि दावेदार मानिएको जर्मनी भने पराजित भएको छ । जर्मनीलाई अस्ट्रियाले २ १ ले पराजित गरेको हो ।

खेलको ११ औं मिनेटमा ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल गरे । त्यस्तै ६९ औं मिनेटमा अस्ट्रियाका लागि एलेसान्ड्रोले गोल गरेपछि जर्मनी पराजित भयो ।

जर्मनीले गत विश्वकपको फाइनलमा अर्जेन्टिनालाई पराजित गरेर उपाधि जितेको थियो ।

त्यस्तै अर्को मैत्री पूर्ण खेलमा क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको पोर्चुगलले बेल्जियमसँग गोलरहित बराबरी खेलेको छ ।

प्रतिकृया दिनुहोस