विविध

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

झापा । सिभिल बैंक लिमिटेडले दमक शाखा संचालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभुत विद्यालय दमकको वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो ।

उक्त बेन्चहरु सिभिल बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले महालक्ष्मी आधारभुत विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नं ९ का अध्यक्ष रामबहादुर धिमाललाई संयूक्त रुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्याथीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत अन्यको बाक्लो उपस्थिती थियो ।

शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै महालक्ष्मी आधारभुत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

प्रतिकृया दिनुहोस