विविध

एईसीसी ग्लोबलको अष्ट्रेलियन एप्लिकेसन्स डे जुन २०१८

काठमाडौं । विद्यार्थीहरुलाई तिनका शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यमा सक्रिय एईसीसी ग्लोबलले यहि जुनमा अष्ट्रेलियन एप्लिकेसन्स् डे २०१८ आयोजना गरेको छ । यहि जुन ४, ६ र ७ मा काठमाडौंको होटल याक एण्ड यती, चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखराको होटल पोखरा ग्राण्डी गरी ३ वटा मुख्य शहरमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गर्ने तयारी गरेको छ ।

काठमाडौँमा २८ अष्ट्रेलियन कोर्स प्रदायक तथा चितवन र पोखरामा १५ कोर्स प्रदायकहरु सहभागी हुनेछन् । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइएको यस मेलाको यस संस्करणमा काठमाडौंमा ११०० र चितवन र पोखरामा ३ सय ५० भन्दा बढी सहभागीहरु उपस्थिति रहने अपेक्षा गरिएको छ । काठमाडौँको कार्यक्रमको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्नेछन् ।

यस कार्यक्रमको मुख्य आकर्षण एईसीसी ग्लोबलले उपलब्ध गराउने भिसा डकुमेन्टेसन, क्यारियर काउन्सिलिङ तथा टेष्ट प्रिपेरेशन बुथजस्ता अद्वितीय सेवा रहेको छ । साथै यस एईसीसी ग्लोबलको पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैँक, सिद्धार्थ बैँक र एभरेष्ट बैँक गरी ५ विभिन्न बैँकले यस कार्यक्रमका सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गर्नेछन् भने ब्रिटिस काउन्सिलले पनि यस कार्यक्रममा भाग लिँदै अष्ट्रेलिया भिसा प्रक्रियाका लागि आवश्यक आइएल्ट्सका लागि टेस्ट प्रिपेरेशन सम्बन्धी जानकारी प्रदान गर्नछ ।     

एईसीसीले लामो समयदेखि विद्यार्थीहरुको भविष्यका लागि तिनका शैक्षिक तथा व्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन पोलिसी, कोर्षका लागि सही सल्लाह सुझाव, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशका बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ । संस्थाले शैक्षिक सहभागिताका लागि मात्र नभएर तिनको समग्र लक्ष्य प्राप्ति तथा उज्ज्वल भविष्यलाई ध्यानमा राखी उचित परामर्श प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।

कम्पनीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको २०१६ देखि वर्षमा कम्तिमा दुई पटक आयोजना गर्दै आइरहेको छ । तर कम्पनीले उच्च मागलाई मध्यनजर गर्दै २०१८ देखि भने वर्षमा ३ वटा कार्यक्रमको आयोजना गर्ने भएको छ । २०१८ जनवरीमा यस संस्थाद्वारा आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए जहाँ उनीहरुले सहभागी ३४ कोर्ष प्रदायकहरुसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेका थिए । यो +२ उत्तिर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकको लागि वैदेशिक शिक्षा, विशेषगरी जुलाई, अगष्ट, नभेम्बर र फेब्रुअरीमा अष्ट्रेलियामा भर्नासम्बन्धी जिज्ञासा मेटाउने उचित समय रहेको एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले बताए ।

सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस