कला/मनोरञ्जन

निशान भट्टराईको भुन्टी नम्बर वानमा

ललितपुर । नेपाल आईडलमा दोस्रो भएका निशान भट्टराईको भुन्टी... बोलको गीत यु ट्युबमा भने नम्बर वान टेन्डिङमा परेको छ । यो भिडियो तीन दिनमा नै १३ लाख ८० भन्दा बढी पटक हेरिएको छ । 

भर्खरै सार्वजनिक भिडियोमा निशानका अलावा अलिशा राईको पनि अभिनय छ । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा सम्पादन र निर्देशन टेकेन्द्र शाहको छ । भिडियोलाई रामकुमार केसीले खिचेका हुन् ।

शब्द र संगीत राजेन्द्र भट्टराईको छ । गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

प्रतिकृया दिनुहोस