कला/मनोरञ्जन

सगरमाथा म्युजिक अवार्डको फाराम असार १ बाट खुल्ने

काठमाडौं । कला जगतको सम्मानका लागि अवार्डको दुनियाँमा नयाँ नाम थपिएको छ । रेस्पोन्सिभ मिडियाले नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराको साथ सगरमाथा म्युजिक अवार्ड २०७५ आयोजना गर्न लागेको छ ।

अवार्डको आवेदन फाराम असार १ गतेबाट खुला हुनेछ । सगरमाथा म्युजिक अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा चलचित्रतर्फ गीतकार, संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् ।

पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका तथा भजन तर्फ गीतकार,संगीतकार, गायक, गायिका विधाहरु रहेका छन् । सगरमाथा म्युजिक अवार्डको फाराम असार १ बाट खुल्नेयस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्नेछन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान दिएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस