प्रवास

शेष घले अष्ट्रेलियाको ८१ औं धनाढ्य

अष्ट्रेलिया । शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा परेका छन् । घले दम्पती ८१ औं नम्बरको धनी बनेका छन् । गत वर्ष उनीहरु १०१ औं स्थानमा थिए । यस वर्ष घले दम्पती २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भए ।

फाइनान्सियल रिभ्यु म्यागेजिनले सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा परेका हुन् । उनीहरुको सम्पति ८७ करोड ६० लाख डलर रहेको छ । एक वर्षमा उनीहरुको सम्पतीमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ।

शेष घले गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समेत हुन् । उनको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र रियल स्टेट एवं होटल क्षेत्रमा छ। घले नेपालको लम्जुङमा जन्मिएका हुन् ।

प्रतिकृया दिनुहोस