प्रवास

म्याड्रिडमा नेपाली दुतावासको सेवा सुरु, पोर्चुगलका नेपालीलाई पनि सजिलो

पोर्चुगल । स्पेनको म्याड्रिड स्थित नेपाली दुतावासले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा रहेका नेपालीलाई पनि सजिलो हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीले यसअघि राहदानी बनाउन वा अन्य कागजात बनाउनु परेमा फ्रान्सको पेरिसमा धाउनु पर्ने बाध्यता थियोे । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ ।

पेरिसको नेपाली दुतावासले यसअघि फ्रान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर अब भने स्पेन र पोर्चुगलमा रहेका नेपालीलले पेरिस धाउनु नपर्ने भएको हो । म्याड्रीड स्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी   पासपोर्ट बनाउने लगायत सबै सेवा दिन वैशाख १९ बाट सुरु गरेको थियो ।

म्याड्रीडमा नेपाली दुतावासले आफ्ना कर्मचारी बाहेक कागज बिहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो पीडित महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको थियो ।  नेपाली दुतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ।
     
स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरेका छन्। 

प्रतिकृया दिनुहोस