स्वास्थ्य

पाटन प्याथ ल्याबलाई आइएसओ प्रमाणपत्र

ललितपुर । प्याथोलोजी ल्याबको दुनियाँमा चर्चामा रहेको पाटन प्याथ ल्याबले आइएसओ गुणस्तरको प्रमाणपत्र प्राप्त गरेको छ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको चौथो तलामा रहेको पाटन प्याथ ल्याबले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

घन्टौं समय लाग्ने भनेर बिरामीलाई कुराएर राखिने कतिपय जाँचहरुको समेत उक्त ल्याबले तुरुन्त रिपोर्ट दिने गर्दछ । यस्तै प्रकारका छिटो छरितो, सुलभ, उत्कृष्ट र विश्वसनीय ल्याबोरोटरी सर्भिस प्रदान गर्दै आएकाले गुणस्तरका हिसाबमा क्वालिटि अष्ट्रियाले आइएसओ प्रमाणपत्र प्रदान गरेको हो ।

आगामी सन् २०२१ सम्मका लागि प्याथ ल्याबलाई प्रमाणपत्र प्रदान गरिएको छ । ल्याबको प्रमाणपत्र नम्बर आईएसओ ९००१ः२०१५ रहेको छ ।

पाटन प्याथ ल्याबले स्थापनाको छोटो समयमा नै प्रगती गरेको छ । यसले विरामीको रिपोर्टलाई अनलाईनमा पनि राख्ने गरेको छ । यहाँ निःशुल्क सुगर जाँचको पनि व्यवस्था छ । ल्याबले होल बडी चेकअप मात्र २ हजार ८ सय रुपैयाँमा गर्दै आएको छ ।

ल्याबका प्रबन्ध निर्देशक रेशम भट्टराईले गुणस्तरीय सेवा प्रदान गरेकाले नै यो सफलता मिलेको र आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्दै जाने बताए । विरामीलाई कुराउने भन्दा पनि कम पैसा लिएर चाँडो रिपोर्ट दिन सक्नुपर्ने उनको भनाई छ ।

'हामी थोरै पैसा लिन्छौं तर रिपोर्ट छिटो दिन्छौं'- उनले भने । ढिलो रिपोर्ट दिँदैमा विश्वसनीय हुने र चाँडो दिएमा नहुने भन्ने कुरा गलत भएको उनले बताए ।  पाटन प्याथ ल्याबले उच्च प्रविधि अपनाएर ल्याब टेष्ट गर्ने गरेको उनले बताए । प्रोफिट मार्जिन कम राखेकाले अन्यत्र भन्दा सस्तो भएको उनको भनाई थियो ।

 

 

प्रतिकृया दिनुहोस