अन्तराष्ट्रिय

विश्वकै बृद्ध प्रधानमन्त्रीका रुपमा दह्रिए मलेसियाका ९२ वर्षीय महाथिर

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद ९२ वर्षीय महाथिर मोहम्मदले चमत्कार गर्दै फेरी पनि प्रधानमन्त्रीमा चयन भएका छन् । महाथिर मोहम्मले बारिसन नेसनल गठबन्धनलाई पछार्दै आम चुनावमा ऐतिहासिक जित हासिल गरेपछि उनी विश्वकै बृछ प्रधानमन्त्रीका रुपमा दह्रिएका छन् । यसैबिच सपथग्रहण समारोहका लागि बिहीबार र शुक्रबार मलेसियामा सार्वजनिक बिदा दिइएको छ । मतपरिणाम सार्वजनिक भएसँगै महाथिरका समर्थक सडकमा विजयोत्सव मनाइरहेका छन् ।

मलेसियाली चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सिटमा जित हात पारेको छ । मलेसियामा सरकार बनाउन ११२ सिट आवश्यक पर्छ । अहिले केही बेरमा सपथ ग्रहणको कार्यक्रम रहेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार यसपल्ट महाथिर मोहम्मदले प्रधानमन्त्री नजीक रजाकविरुद्ध आक्रामक रुपमा प्रचार गरेका थिए । महाथिर मोहम्मद आफै पनि बीएनका हिस्सा रहेका थिए ।

प्रतिकृया दिनुहोस