विविध

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान

ललितपुर । जावलाखेलस्थित फ्युचर स्टार्स हाई स्कुलले गत शैक्षिक सत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी सुयश पाण्डेलाई उलेन्द्र मेमोरियल एकेडेमिक अवार्ड, लेबेन बहादुर प्रधानलाई मोहन निशिब पाण्डे एकेडेमिक अवार्ड, निवा बज्राचार्यलाई श्याम बहादुर पाण्डे एकेडेमिक अवार्ड प्रदान गरियो । सोहि अवसरमा पुरस्कृतहरुलाई विशेष कोट पनि प्रदान गरिएको थियो ।

शैक्षिक वर्ष २०७४ को उत्कृष्ट विद्यार्थीको पुरस्कार नयन महर्जन र साइदा श्रेष्ठले पाए । विद्यालयमा सेवा प्रदान गरेबापत यस पटक शिक्षिका निर्मला राईलाई सर्भिस अवार्ड प्रदान गरियो । कार्यक्रम नेपाली सेनाका जनरल चिनिया बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसका साथै चालू शैक्षिक वर्षका लागि विशेष खड्का र अग्रिमा श्रेगठको नेतृत्वमा सबै सदनका क्याप्टेन तथा विद्यार्थी सम्पादन समूहलाई प्रमुख अतिथि बस्नेतले सपथ गराएका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस