कला/मनोरञ्जन

गायिका भावना आचार्यले सुन्दरी शिल्पालाई छमछमी नचाएको भिडियोले औधी चर्चा कमायो, दंग छिन् भावना पनि

काठमाडौँ । गायिका भावना आचार्य पछिल्लो पुस्ताकी उदयमान गायिका हुन् । दैलेख मध्यपश्चिमकी यि सुन्दरी गायिकाले संघर्षको त यति ठूलो पहाड चढिन्की अब उनलाई पछि फर्केर हेर्नु नर्पला सायद । छोटो समयमा नै गायिका बनेर राम्रो चर्चा बटुलीरहेकी गायिका भावनाका माया बस्ला फेरी, मानी माथी आगो बल्दैन, मेरो त बुढा कानमा टप लाउनी लगायतका गीतहरु चर्चित छन् ।

यि गीतहरु रेडियो टेलीभिजन र अनलाइनहरुमा बजिरहँदा उनको नयाँ गीत बग्ने खोला बगी गोले यतिबेला बजार तताएको छ । गीत सार्वजनिक भएको एक साता पनि नबित्दखै गीतले करिब ५ लाख दर्शक पाएको छ । मौलिक शब्द शृजना सहित पछिल्लो समयका चर्चित गीतकार दीपक शर्माको शब्द र संगीतमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेलको दमदार अभिनय रहेको छ । जसमा शिल्पालाई दीपक ढकालले अभिनयमा साथ दिएका छन् । फिल्मी शैलीमा छायांकन गरिएको गीतमा शिल्पा र दीपकको गज्जबको अभिनय जमेको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस