कला/मनोरञ्जन

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्म ’हैरान’ को ट्रेलर सार्वजनिक

सार्वजनिक टिजर तथा गीत संगीतको कारण चर्चामा रहेको फिल्म’हैरान’ को ट्रेलर सार्वजनिकभएको छ । सार्वजनिक टिजरमाफिल्मको कथासारलाई प्रस्ट्याईएको छ । जेठ ४ गते प्रदर्शनमाआउने फिल्मको सार्वजनिक ट्रेलरमा सम्पूर्ण कलाकारलाई अटाएको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी र एक्सन जनरमातयार पारिएको छ । डेब्युफिल्म ‘लभ यु बाबा’मार्फत नै सौगातविश्वका कान्छा निर्देशक घोषित भएकाथिए । यिनै सौगात दोस्रो फिल्मलिएर आएका छन् ।

अघिल्लो फिल्ममाबाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिकविषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा सत्यराजआचार्य , गजित विष्ट , मोहमदवसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोहीशर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमानिर्मित फिल्ममामुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एललामानिर्माता रहेका छन् भने सम्झनापोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्ममाकथातथा कोरियोग्राफीमागम्भीर बिस्ट , द्वन्दमाचन्द्र पन्त , संगीतमा सत्यराजआचार्य, स्वरूपराजआचार्य ,किरण कडेल , राजनइशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपीनवराजउप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मितश्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

गजित विष्ट(फिल्मको टाइटल गीत र टिजरपछी ट्रेलर सार्वजनिक गरेका छौ । टिजर र गीतले राम्रो रेस्पोन्स पाइरहेको छ भने सार्वजनिक टिजरलाई पनिदर्शकले रुचाउनु हुन्छ भन्ने आश छ । हामीयतिबेलामोफसल टुरमा छौ , यहाँदर्शकले दिनु भएको प्रतिक्रियानिकै सकारात्मक छ । फिल्मको टिजर र ट्रेलर भन्दाफिल्ममनोरञ्जनात्मक छ । यो त केवल ट्रेलर मात्रहो ।

सौगात विष्ट( डेब्यु फिल्ममा मैले एउटा फ्यामिली ड्रामा प्रस्तुत गरेको थिए । यसमा सोसस ड्रामा मिश्रित छ भने कमेडी मात्रहोइनएक्सनपनिउत्तिकै छ । यसपटक मलाइ मेरो अंकलगम्भीर विष्टले टेक्निकलनिर्देशकको रुपमा सहयोग गर्नु भएको छ । अहिलको हाम्रो समाजमाजीवनयापनको क्रममाविविध समस्यामा पर्ने पात्रको भोगाईलाई यसमा प्रस्तुतगरिएको छ ।

प्रतिकृया दिनुहोस