कला/मनोरञ्जन

समलिंगी सम्बन्धले ज्याकी चेनकी छोरी सडकमा

एक्सन सुपरस्टार ज्याकी चेनकी छोरी एटा अहिले बेवारिसे जीवन व्यतीत गर्दै छिन् । उनी हङकङस्थित एक पुलमुनि बस्छिन् ।परिवारले आफ्नो समलिंगी सम्बन्धलाई मान्यता नदिँदा यस्तो हालतमा पुगेको उनले बताएकी छिन् । ‘म अस्पताल गएँ । पुलिससमक्ष गएँ ।

खानाको जोहो गर्नका लागि फुड बैंक पनि गएँ । तर, कसैले मद्दत गरेन,’ निराश हुँदै उनले भनेकी छिन् ।एटाकी प्रेमिका एन्डी अटमले पनि आफ्नो परिवार र सबै साथीभाइसँग सहायता लागि गुहार मागेको बताएकी छिन् । एटा पूर्वब्युटी क्विन एलायनेकी छोरी हुन् ।नयाँ पत्रिकामा खबर छ  ।
एलायने ज्याकी चेनसँग अफेयरमा रहँदा उनको जन्म भएको थियो । ज्याकीले एलायनेसँग विवाह भने गरेनन् । उनले जोन लिनसँग बिहे गरे ।

प्रतिकृया दिनुहोस