खेलकुद

रियलले लेगानसलाई हरायो

ललितपुर । स्पेनिस लिग ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल म्याड्रिडले लेगानसलाई २–१ गोलले हराएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि ग्यारेथ बेल र बोजा मायोरलले गोल गरे ।

खेलको ८ औं मिनेटमा बेलले गोल गर्दै रियललाई अगाडी बढाएका थिए । पहिलो हाफको अन्तिम समय ४५ औं मिनेटमा मायोरलले गोल गर्दै अग्रता दोबर पारे ।
 
६६ औं मिनेटमा लेगानसका डार्को ब्रासानाकले गोल गरे । तर निर्धारित समयमा अन्य गोल नभएपछि खेल रियलले जित्यो ।

रियल स्टार खेलाडी रोनाल्डो बिना नै मैदानमा उत्रिएको थियो।

प्रतिकृया दिनुहोस