खेलकुद

एसियन गेम्समा भाग लिने नेपाली खेलाडी चयन

ललितपुर। १८ औं एसियन गेम्सका लागि नेपालले ८ जना कराँते खेलाडी छनोट गरेको छ । एसियन गेम्स आगामी अगस्टबाट इन्डोनेसियामा सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषदको खेलाडी छनोट समितिले खुल्ला छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो । ४ पुरुष र ४ महिला खेलाडी छनोट गरिएको समितिले जनाएको छ ।

कुमुतेतर्फ ६ र एकल कातातर्फ दुई खेलाडी छनोट भएका छन् । एकल कातातर्फ पुरुषमा पर्शुराम बास्तोला र महिलामा चन्चला दनुवार छनोट भएका छन् । एसियन गेम्सको लागि कुमुतेतर्फको पुरुषमा ५५ केजीमा सोनाम लामा, ६७ केजीमा नविन रसाइली र ८४ केजीमा दिवस श्रेष्ठ छनोट भए ।

महिलातर्फ ५० केजीमा अनु अधिकारी, ५५ केजीमा सुनिता महर्जन र ६८ केजी माथि रिता कार्की छनोट भएकी छिन् ।

एसियन गेम्समा ४० खेलको ४६२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालबाट २७ खेलबाट ८० खेलाडी सहभागी हुने स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस