विविध

मेघाङ एमाले गाउँ कमिटि बैठक सम्पन्न

नुवाकोट । नेकपा एमाले मेघाङ गाउँ संगठन कमिटीको सातौं पुर्ण बैठक सम्पन्न भएको छ । पार्टी सचिव सेल्कर तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

देउरालीमा बसेको बैठकले मेघाङ गाउँपालिकाले सेवामूलक काम भन्दा पनि कर लिने नाउँमा नागरिकको शोषण हुने गरि लाद्ने काम भएकोले व्यापक विरोध गरेका छन्। कर उठाउने नाउँमा दुई पाङ्ग्रे सवारी साधनको रू १०, चार पाङ्ग्रे गाडीको रू ५०, छ पाङ्ग्रे गाडीको रू १००, ठुलो सवारी गाडीको रू ५०० लिने गरेको र भुकम्प पिडित प्रत्येक घरधुरी बाट रू १ हजार शुल्क भनेर लिने गरेको छ । गाउँ पालिकले योजना बाढ्दा एमाले माओवादी लगायतका अन्य दलको  समर्थकले भनेका योजनाहरू परेको पनि काट्ने गरेको नयाँ योजना नदिने गरेकले नागरिकको बिचमा गएर भन्डाफोर अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

मेघाङ गाउँपालिकाको नागरिकको गुनासो सुनिदिन अनुरोध गर्दा गाउँपालिका अध्यक्षले समय नदिएकोले गाउँपालिका अध्यक्ष आशा तामाङलाई बैठकले बिरोध जनाएका छन् । बैठकमा नेकपा एमाले नुवाकोट सचिवालय सदस्य एवं पालिका ईन्चार्ज यमकुमार खाती क्षेत्रीले गाउँ पालिकालाई सचेत गराएका थिए ।

नागरिकको समस्या सुनिदिन र समस्या समाधान गर्न खातीले बैठकमा सुझाव दिए । गाउँपालिकामा लिखित निर्णय सहित करको नाउँमा उठाईएको शुल्कमा संशोधन नगरेमा जेठ ५ गतेदेखि ७ गतेसम्म पहिलो चरणमा जनजागरण कार्यक्रम ६ वटै वडामा गरिने कार्यक्रम सहित गाउँ पालिकाको कार्यालयमा पत्र नेकपा एमालेले बुझाएका छ ।

बैठकमा वडा नं १ का केशब तामाङ, वडा नं २ का प्रितम तामाङ, वडा नं ३ का लालबहादुर तामाङ, वडा नं ४ का मानबहादुर तामाङ, वडा नं ५ का ध्रुब सापकोटा वडा नं ६ का लालसिंह तामाङ र वडा नं १ का निर्वाचित वडा अध्यक्ष दलसिङ तामाङ लगायत नेकपा एमाले पार्टी संगठन प्रमुख हरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस