कला/मनोरञ्जन

सानु खतिवडाको स्वरमा 'खुकुरीलाई के थाहा'

ललितपुर । नव गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत खुकुरीलाई के थाहा अचानोको पिडा... सार्वजनिक भएको छ । गीतमा अम्बर राज रुसालको शब्द तथा तारा विर पाण्डेको संगीत छ । गीतको रेकर्ड स्टुडियो रिंङमा गरिएको हो ।

यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय छ । किरण गिरीले सम्पादन र राहुल राईले छाँयांकन गरेको भिडियोको निर्देशन राजु लामाले गरेका छन् । गीतको अन्त्यमा निर्देशक लामाको पनि उपस्थिती देख्न पाईन्छ ।

अहिले एउटा मात्र गीत बजारमा ल्याएकी सानुको योजना भने पुरै एल्बम नै निकाल्ने छ । अभिनय र गायन दुवैलाई एकै साथ लैजाने उनले लक्ष्य लिएकी छन् ।

गायिका सानु खतिवडा नायिका पनि हुन् । उनले अभिनय गरेको चलचित्र 'क्यारेङ ग्याङ ३' रिलिजको तयारीमा छ ।

प्रतिकृया दिनुहोस