देश

चर्चित गुण्डा नाइके दावा लामा काठमाडौँको नयाँ बजारबाट पक्राउ

काठमाडौँ । गुण्डा नाइके दावा लामा काठमाडौँको नयाँ बजारबाट पक्राउ परेका छन् । गुण्डा नाइके दावा सहित गुण्डागर्दीमा संलग्न अर्का गुण्डा रोशन तामाङलाई नयाँ बजारको एक स्नुकर हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

अघिल्लो वर्ष अपरिचत व्यक्तिले दावालाई काठमाडौँमा गोली प्रहार गरेपछि उनी एकाएक चर्चामा आएका हुन् । काँग्रेस निकट मानिने गुण्डा दावाले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको पालामा गुण्डागर्दीलाई मज्जले फस्टाउका थिए ।

दरबारमार्ग क्षेत्रलाई आफ्नो गैरकानून कार्यको अखडा बनाएका दावा लामालाई कांग्रेस नेताहरूको संरक्षण रहेको छ । लामा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका छन् । अघिल्लो पटक पक्राउ पर्दा उनी तत्कालीन गृहमन्त्री निधीको ठाडो आदेशले छुटेका थिए ।

प्रतिकृया दिनुहोस