कला/मनोरञ्जन

हैरान चलचित्रको गीत आयो

काठमाडौं । नेपाली चलचित्र हैरानको शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको शब्द र संगीत तथा स्वर पनि सत्य स्वरुपसँगै सरगम आचार्य र बबिता मानन्धरको छ । र्‍यापमा गिरिश खतिवडा छन् ।

राजन इशानले एरेन्ज गरेको गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ । भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्र हाँस्यप्रधान चलचित्र हो ।

प्रतिकृया दिनुहोस