अर्थ

नेपाल टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले अफर सार्वजनिक गरेको छ । २०७५ वैशाख ०१ देखि लागु भएको अफर १५ गतेसम्म लिन सकिने छ । एडीएसएल अफर भने ९० दिनसम्म लिन सकिने टेलिकमले जनाएको छ ।

जीएसएम सीडीएमए प्रिपेड पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर आएको छ । यस अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिनेछ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।  

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस