कला/मनोरञ्जन

२९ अप्रिलमा सोनमको बिहे

काठमाडौँ -अभिनेत्री सोनम कपुरले ब्वाइफ्रेन्ड आनन्द आहुजासँग बिहे गर्ने भएकी छिन् । भारतीय सञ्चारमाध्यमले सोनमको मे महिनामा बिहे हुने उल्लेख गर्दै आएका थिए । तर, अब खबर आएको छ कि, सोनम र आनन्दको बिहे यही अप्रिलको २९ तारिखमा हुनेछ । उनीहरूको बिहे स्विट्रल्यान्ड वा लन्डनमा हुने समाचार फैलिएको थियो ।नयाँ पत्रिकाले छापेको छ ।

मिडियाहरूले११ र १२ मेमा उनीहरूले बिहे गर्ने समाचार प्रसारण गरेका थिए । तर, अहिले आएर बिहेको मिति तथा स्थान फेरिएको खबर आएको छ । भारतीय अनलाइनले विश्वस्त स्रोतको हवाला दिँदै सोनम र आनन्दको बिहे मुम्बईमै हुने दाबी गरेका छन् ।आफू र आनन्द प्रेममा रहेको कुरा सोनमले आफ्ना बाबु अभिनेता अनिल कपुरको ६०औँ जन्मदिनको पार्टीमा परिवारलाई बताएकी थिइन् । आनन्द दिल्लीका व्यापारी हुन् । उनी र सोनम दुई वर्षदेखि प्रेममा छन् । आनन्द फेसन ब्रान्ड ब्हानेका मालिक हुन् ।

प्रतिकृया दिनुहोस