कला/मनोरञ्जन

यी एमाले नेताकी छोरीले जितिन् मिस नेपालको ताज

काठमाडौँ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौडाकी २२ वर्षीया शृङ्खला खतिवडाले मिस नेपालको ताज जितेकी छिन् । बुधबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्।

२२ वर्षीया शृङ्खला इन्जिनरिङकी विद्यार्थी हुन्। राजनीतिक परिवारबाट आएकी उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन्। त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

प्रतिकृया दिनुहोस