खेलकुद

रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

ललितपुर । रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगको खेलमा युभेन्ट्ससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ को जीत निकाल्दै रियल सेमिफाइनल प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल ३ गोलले पछि परेको थियो । समग्रमा ३-३ गोलको बराबरी रहेको अवस्थामा खेलको अन्तिम मिनेटमा प्राप्त गरेको पेनाल्टी अवसरलाई क्रिष्टियानो रोनाल्डोले सदुपयोग गर्दै गोल गरे । यो गोलसँगै रियलले ४-३ को नतिजासहित सेमिफाइनल पुगेको हो ।

अन्तिम समयमा युभेन्ट्सका गोलरक्षक बुफोनले रेड कार्ड पाए । रियलका खेलाडी लुकासलाई डिएरिया भित्र युभेट्सका खेलाडीले लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए । त्यो पेनाल्टी नभएको भन्दै बुफोनले प्रतिकार गरेपछि रेफ्रीले उनलाई रेड कार्ड दिएका हुन् ।

त्यस्तै अर्को खेलमा सेभिल्लासँग बराबरी खेले पनि समग्रमा २-१ को जीत निकाल्दै बार्यन म्युनिख पनि सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस