विविध

मनोजलाई सहयोग रकम हस्तान्तरण

नुवाकोट । शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्द्रादेवीका मुटुरोगबाट पीडित मनोज तामाङको उपचारका लागि ३५ हजार रकम हस्तान्तरण गरिएको छ ।

सोही ठाउँ घर भई हाल अष्ट्रेलियामा रहेका आमोद केसीले द ग्रयान्ज क्लब हाउस अष्ट्रेलिया, केही अष्ट्रेलियन र नेपाली सहयोगी व्यक्तिहरुसँग संकलन गरिएको रकम सहयोग स्वरुप पठाएका हुन् ।

उनले पठाएको रकम बाबु नेत्र बहादुर केसीले बिरामीलाई भेटी हस्तान्तरण गरेका हुन् । स्थानीय युवाले सामाजिक सञ्जालमार्फत् मनोज बचाऊ अभियान सुरु गरेपछि एकैपटक सबैभन्दा ठूलो सहयोग रकम प्राप्त भएको हो ।

मुटु रोगको सफल उपचार गरेपछि मनोजको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको आफन्तले बताएका छन् ।

प्रतिकृया दिनुहोस