विविध

नयाँ वर्षमा आर्य समाजको आयोजनामा संकल्प महायज्ञ हुँदै

ललितपुर । नेपाल आर्य समाजले सुख, शान्ति, सम्वृद्धि, वैभव आदिको कामनासहित नवसंवत्सरेष्टि संकल्प महायज्ञ आयोजना गर्न लागेको छ । नयाँ वर्ष २०७५ सालको वैशाख १ गते शनिबार बिहान साढे आठबजे देखि पुरानो गौचरणमा यो महायज्ञ सुरु हुनेछ ।

महायज्ञमा सहभागी हुनेले यज्ञ, भजन, प्रवचनबाट आत्मिक, सामाजिक, भौतिक एवम् पर्यावरणीय लाभ प्राप्त गर्न सक्ने समाजले जनाएको छ । सो अवसरमा वैदिक  विद्धानहरुबाट जीवन उत्पे्ररक ज्ञानहरुको प्रवचन दिइनेछ ।

नव वर्षका १२ महिनाको प्रतिकका रुपमा १२ यज्ञकुन्डमा महायज्ञ गरिनेछ । प्रत्येक यज्ञकुन्डमा ४ जोडीका दरले जम्मा ४८ जोडी दम्पती अर्थात् यजमान रहनेछन् । यजमानले अघिल्लो दिनदेखि सात्विक भोजन ग्रहण गर्नुपर्नेछ ।

यस महायज्ञमा सहभागी हुनका लागि कुनै शुल्क निर्धारण गरिएको छैन । तर श्रद्धायुक्त योगदानलाई भने स्वीकार गर्ने र सहयोग रकम धार्मिक सामाजिक कार्यमा खर्च गरिने नेपाल आर्य समाजका केन्द्रिय सदस्य पदमराज सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस