विविध

क्लासिक एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछाने सम्मानित

ललितपुर । स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले रेडियो तथा सञ्चार जगतमा उल्लेख्य योगदान गरेको भन्दै नेपालको पहिलो व्यवसायिक एफएम क्लासिक एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछाने सहित तीन जनालाई सम्मान गरेको छ ।

बानको १३ औं साधारण सभा तथा छैठौं महाधिवेशनका अवसरमा सुचना तथा प्रविधि मन्त्रालयका राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा कार्की सहित बानका पूर्व अध्यक्ष विष्णुहरी ढकाल र विराट एफएमका डा. सन्देश राज श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्की कार्यक्रममा उपस्थित हुन असमर्थ भएपछि उनको सम्मानपत्र क्लासिक एफएमका स्टेशन म्यानेजर पुरुषोतम बस्नेतलाई हस्तान्तरण गरिएको थियो । बानले समय समयमा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस