विविध

कर सहयोगी श्रमिक संगठन ललितपुरमा जीवन कार्की

ललितपुर । कर सहयोगी श्रमिक संगठन ललितपुर जिल्ला कमिटीको अध्यक्षमा जीवन कार्की चयन भएका छन् । संगठनको हालै सम्पन्न जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ ।

कार्यक्रम आन्तरिक राजश्व कार्यालय ललितपुरका प्रमुख कर अधिकृत लाल बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा कर सहयोगी श्रमिक संगठनका केन्द्रिय उपाध्यक्ष तारानाथ दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कमिटीको उपाध्यक्षमा श्याम रिजाल र राजेश पराजुली, सचिवमा गोविन्द पौडेल, सह सचिवमा कृष्ण खड्का, कोषाध्यक्षमा शोभा पौडेल, सदस्यहरुमा सुरज शाक्य, शोभा कार्की, विरेन्द्र कुमार दत्त, जीवन पराजुली, अच्युत प्याकुरेल, अशोक गेलाल, कृष्ण भट्टराई चयन भएका छन् ।

कार्यक्रममा मन्तव्य राख्नेहरुले करको दायरामा सबै आउनुपर्ने तथा कर सेवा पनि चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस