प्रवास

टोगोमा अलपत्र ६ नेपालीको उद्धार

काठमाडौँ । अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका ६ नेपालीको उद्धार भएको छ। अमेरिका प्रवेश गराउने लोभ देखाएर दलालद्वारा टोगो पुर्‍याइएका उनीहरू ६ महिनादेखि अलपत्र परेका थिए। उनीहरू ११ महिनाअघि नै काठमाडौंबाट हिँडेका थिए।

उनीहरूलाई भारत, थाइल्यान्ड हुँदै टोगो पुर्‍याइएको हो। त्यहाँ पुगेपछि लाखौँ लिएर अमेरिका पुर्‍याउने दलालहरू सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेका थिए।

उनीहरूलाई गैरआवासीय नेपाली तथा दक्षिण अफ्रिकास्थित नेपाली दूतावासको सहकार्यमा स्वदेश फिर्ता गराइएको परराष्ट्र अधिकारीले जनाए। अमेरिका पुर्‍याएबापत एक जनाबाट २५ लाखदेखि ३५ लाख लिएको जानकारीसमेत मन्त्रालयले पाएको छ।

सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा तथा बागलुङका कमलबहादुर घर्ती, महेश्वर आचार्य, अशोक पौडेल र मनबहादुर पुन त्यहाँबाट काठमाडौं पठाउन लागेको गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले आफ्नो टवीटमा लेखेका छन्।

दुई साताअघि परिवारले काठमाडौंमा उनीहरू टोगोमा अलपत्र परेको भनेपछि परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा उद्धारको पहल थालिएको थियो। कान्तिपुर दैनिकले खबर छापेको छ।

प्रतिकृया दिनुहोस