देश

  संघीय नेपालको पहिलो राष्ट्रपति आज चुनिदै, विद्यादेवी भण्डारी र कुमारी राई भिड्दै

 

काठमाडौं । संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । चुनाव बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरू मतदाता रहने छन् ।

नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले विद्यादेवी भण्डारी फेरी पनि राष्ट्रपतिमा चुनिने निश्चित छ ।

 

प्रतिकृया दिनुहोस