कला/मनोरञ्जन

चर्चित नायक प्रदिप खड्काको ‘लिली बिली’को ट्रेलर सार्वजनिक

काठमाडौं । चर्चित नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिली बिली’को ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्स निर्देशित फिल्मको राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो।
अनुप विक्रम शाहीको समेत मुख्य भूमिका रहेको फिल्मको ट्रेलरले फिल्म प्रेमकथामा आधारित रहेको देखाएको छ। प्रदिप भारद्वाजको कथा रहेको फिल्म नयाँ वर्षको अवसर पारेर चैत ३० गते रिलिज हुँदैछ। गोविन्द शाही तथा सुदिप खड्का निर्मित फिल्मको ट्रेलरमा स्कटल्यान्डका मनमोहक दृश्यलाई प्राथमिक्ता दिएसँगै चर्चामा रहेको छ ।

प्रतिकृया दिनुहोस