सम्पादकीय

कुटनीतिक पहल आवश्यक

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरामा यहाँ कसैको दुईमत छैन । तर पनि कहिलेकाही भारतीय पक्षले नचाहिँदा अफवाह फैलाएर विश्वमा भ्रम पैदा गर्न खोजेको सबैलाई थाहा छ ।

भारतमा पनि सबै पक्ष बुद्ध नेपालमा जन्मेका होइनन् भन्नेमा रहेको छैन । यदि बुद्ध भारतमा जन्मेका हुन् भन्ने कुराको भ्रम छर्न पुरै भारत लागेको भए रियालिटी शो कौन बनेगा करोडपति मा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने भारतीयले नै दिएको जवाफलाई गलत भनिन्थ्यो, सहि भनिँदैन थियो होला ।

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका अन्य मुलुकहरुले बनाएको गुम्बाहरुले पनि विश्वमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा सबैलाई थाहा भएको प्रष्ट हुन्छ । तर पनि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा बुझाइरहन विभिन्न कार्यक्रम हुन थालेको छ । रबि लामिछानेले सबैभन्दा लामो टक शो को नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा कायम गर्दा पनि नारा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने थियो । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बारेमा गीत पनि बनेका छन् ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्नेबारेमा हामीमा दुईमत छैन । तर पछिल्लो समयमा फैलाउन खोजिएको भ्रम चिर्नका लागि अब सरकारी तहबाट नै प्रयास हुनुपर्छ । भारतीय पक्षले बेला बेलामा गर्ने ज्यादती अन्त्यका लागि सरकार नै लाग्नुपर्छ । भारतका उच्च पदस्थ कोहि कसैले बुद्ध भारतमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएमा त्यसको खण्डन सरकारले गर्नुपर्छ । भारतमा गएर कुटनीतिक पहल गरी त्यस्ता अफवाल फैलाउनेलाई सतर्क गराउन सक्नुपर्छ ।

जबसम्म सरकार मौन रहन्छ, यस्ता अफवाह फैलाउनेहरु सक्रिय नै हुन्छन् । मान्छे जम्मा पारेर त्यसले भनेको मात्र आधिकारीक हुन्छ भन्ने होइन । तर पनि आवाज मधुरो भने बनाउनु हुँदैन । बुद्ध जन्मस्थल लुम्बिनीमा भेटिएका र भएका प्रमाणले नै बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा प्रष्ट पार्छ ।

प्रतिकृया दिनुहोस