कला/मनोरञ्जन

हाँस्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार मध्यरातमा दुर्घटनाग्रस्त

काठमाडौं । चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार मध्यरातमा दुर्घटनामा परेको छ । घटना हो सोमबार राती १२ बजेको । मधुमल्ला महोत्सवमा आयोगित कार्यक्रममा सहभागी भएर विर्तामोड फर्कने क्रममा दुर्घटनामा परेको हो ।

तिब्र गतिको कार कुकुरलाई बचाउन खोज्दा दुर्घटनामा परेको बताइएको छ । कारमा विल्सन, बिशाल लिम्बु, युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई समेत रहेको बताइएको छ । उनीहरू सकुसल रहेका छन् । दुर्घटनामा कार भने क्षतीग्रस्त बनेको छ ।

प्रतिकृया दिनुहोस