खेलकुद

पारस खड्का आउट भएसँगै नेपालको रनमा लाग्यो ब्रेक

काठमाडौं । नेपालका कप्तान पारस खड्का चौथो विकेटका रुपमा क्याच आउट भएसँगै नेपालको रनमा ब्रेक लागेको छ ।  आइसीसी डिभिजन टू मा केन्याले दिएको १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपालका कप्तान पारस खड्काले ४३ बलमा ४२ रन जोडेर आउट भएसँगै शरदले चौध रन जोडेका छन् ।

पारसको ठाउँमा अहिले शरदसँग आरिफ शेखले पार्टनरसिप गरिरहेका छन् । नेपालका प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए । पारश र शरदले २३ रनको साझेदारी गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस