विविध

'जेम्स युथ फेष्ट २०१८' फागुन १२ गते हुने

ललितपुर । जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसन (जेम्स) ले युथ फेष्ट २०१८ गर्ने भएको छ । आउँदो फेब्रुअरी २४ अर्थात् फागुन १२ गते जेम्स स्कुलकै प्रांगणमा कार्यक्रम हुन लागेको हो ।

युथ फेष्टमा चर्चित युवा गायक स्वप्न सुमन र नितेशजंग कुँवरको प्रस्तुती रहनेछ । यसका साथै प्याराडाईम शिफ्ट, ज्वाईन्ट फ्यामिली इन्टरनेसनल लगायत जेम्स कलेजकै सांगितिक समूहहरुले पनि सांगितिक माहौल तताउनेछन् ।

युथ फेष्टमा फुड इटिङ कम्पिटिसन, भुतघर, गेम स्टलहरु, लेगोस, फुडस्टल लगायत बालबालिकाहरुका लागि बाउन्सी हाउस पनि मुख्य आकर्षणका रुपमा रहनेछन् । कार्यक्रम बिहान ११ देखि साँझ ५ बजेसम्म जेम्स भिलेज धापाखेल ललितपुरमा हुनेछ ।

कार्यक्रममा प्रवेश शुल्क २५० रुपैयाँ कायम गरिएको छ । यो फेष्ट प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । कार्यक्रमको मुख्य प्रायोजक आईसर गो प्रो र सह प्रायोजक प्याक एसिया र बेनेली रहेका छन् । युथ फेष्टमा अवलोकनकर्ताहरुका लागि आकर्षक डोर प्राइजको पनि व्यवस्था छ । 

प्रतिकृया दिनुहोस