विविध

शिवपुरी गाउँपालिकामा भुकम्प प्रविधि राष्ट्रिय समाजको कार्यक्रम

नुवाकोट । भुकम्प पछिको पुनःनिर्माणमा स्थानिय श्रोत तथा साधनहरुको प्रयोगलाई प्राथमिकता दिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताएका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकामा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भुकम्प प्रतिरोधि घर भन्ने बित्तिकै ग्रामिण भेगका नागरिकहरुमा आरसिसि घरको झझल्को हुने गरेको उनले बताए ।

स्थानिय स्तरमा पाईने श्रोत तथा साधनहरुको प्रयोगबाट नीजि आबास निर्माणका लागि तिब्रता दिन स्थानिय स्तरमा पाईने श्रोत तथा साधनहरुको प्रयोग गन भुकम्प प्रभाबित नागरिुकहरुलाई जागरुक बनाउनु पर्ने उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका उपकार्यकारी निर्देशक एवं बलियो घर कार्यक्रमका कार्यकारी निर्देशक डक्टर रमेश गुरगाईले हल्ला चले अनुसार पुनःनिर्माणको कार्यमा ढिलाई नभएको बताए ।

कार्यक्रममा शिवपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापाले भुकम्प पछिको पुनःनिर्माणमा निर्माण साम्राग्रीहरुको अभाबका कारकण सोचे अनुसारको प्रगती नभएको उल्लेख गरे । भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालका बलियो घर कार्यक्रममा निर्देशक रञ्जन ढुङगेल, शिवपुरी गाँउपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण पौडेल, बिद्यालय श्रोत ब्यक्ति शम्भु थापा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस