विविध

बडिखेलमा रोटरी क्लव अफ जावलाखेलको न्यानो कार्यक्रम

ललितपुर । राटरी क्लव अफ जावलाखेलले रोटरी क्लव अफ बरभिङ्गम अमेरिकाको सहयोगमा आफ्नो न्यानो कार्यक्रम अन्तर्गत बुधवार ललितपुरको बडिखेलमा १५० थान ब्लयाङकेट प्रदान गरेको छ । क्लवकी अध्यक्ष लगायतका अन्य पदाधिकारको उपस्थितिमा ब्लायङकेट प्रदान गरिएको हो । रोटरी क्लव अफ जावलाखेलको बडिखेलमा महिलाहरुको मात्र आरसीसी समेत रहेको छ । क्लवको लाईफ साईकल प्रोजेक्ट संचालन भइरहेको छ । क्लवले विभिन्न सिपमुलक तालिम दिने कामदेखि निशुल्क स्वास्थ्य शिविर समेत त्यहां सम्पन्न गरिसकेको छ । समुदायलाई आत्मनिर्भर बनाउन लाईफ साईकल प्रोजेक्ट उपयोगी भइरहेको क्लवकी अध्यक्ष शारदा आर्चाय पोखरेलले बताईन । न्यानो कार्यक्रम अन्तर्गत नै शुक्रवार धादिङको जोगीमाराको चेपाङ वस्तीमा जाने अध्यक्ष पोखरलले बताईन ।

प्रतिकृया दिनुहोस