कला/मनोरञ्जन

बालापनाको याद दिलाउने तारा 'बाजी लै लै' बोलको गीत लिएर आइन् गायिका जुना प्रसाई

काठमाडौँ । गायिका जुना प्रसाँइको स्वरमा सजिएको नयाँ गीत तारा बाजी लै लै’ सार्वजनिक भएको छ । बालापनाको याद दिलाउने जुनाको यो गीत जिवन्त शैलीको छ जुन हेर्दा र सुन्दा निकै नै आनन्दित तुल्याउँछ ।

दीपक शर्माको शब्द तथा संगीत तयार भएको गीतलाई यूवराज वाइवाले निर्देशन गरेका हुन् । भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाइ, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको सम्पादन छ ।

प्रतिकृया दिनुहोस