देश

सँधै अरुलाई हँसाउने धुर्मुसले कम्मल बाँड्दा भावुक हुँदै भने 'सारा नेपाली हाँसेको हृेर्न चाहान्छु'

काठमाडौँ । चर्चित हाँस्यकलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले सिरहाका दुईसय घर परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रबार सिरहा नै पुगेर धुर्मुसले कम्बल वितरण गर्दै आफ्नो एक मात्र उदेश्य भनेको तीन करोड नेपाली हाँसेको हेर्न चाहको बताए ।

जाडोबाट बच्न तराई मधेशमा रहेका गरिब, दलित एवं विपन्न घरपरिवारहरुलाई न्यानो कपडा वितरण अभियानमा लागेका कट्टेलले आफू कुनै ठूलो नेता तथा अभियन्ता नभई मानवीय धर्म निर्वाहको लागि यो कार्यमा लागेको बताए ।

उनले पेसा चीनमा रहेका नेपालीहरुले सहयोग स्वरुप पठाएको कम्बल आफूले विपन्न दलित पीडितहरुसम्म पुर्याउने पुलको काम गरिरहेको बताए । सधैँ हँसाउने धुर्मुसले कम्बल वितरणको क्रममा उनले सपूर्ण नेपालीहरुको दुःखमा काँधमा काँध हातमा हात मिलाउँदै दुःखीहरुलाई सहयोग गर्नु जरुरी छ, त्यसको लागि सवैको हात्तेमालोको जरुरी छ भन्ने बताइरहँदा सवै स्थानीय भावुक भएका थिए ।

प्रतिकृया दिनुहोस