कला/मनोरञ्जन

सलमान खानले भिडियो मार्फत भने म नेपाल आउँदै छु (भिडियो)

काठमाडौं। भारतीय चर्चित नायक सलमान खान आउँदो फागुन २६ गते नेपाल आउने भएका हुन् । बलिउड सुपरस्टार सलमान खान दबंग द टूर’ अन्तर्गत नेपाल आउने लाग्दा उनले भििडयो मार्फत आफ्नो नेपाल, अमेरिका र क्यानडामा हुने कन्र्सटका बारेमा बताएका छन् । सलमानले नेपालपछि अमेरिका र क्यानडामा कन्सर्ट हुने पनि जानकारी दिए ।

बलिउड नायिका कैटरिना कैफ पनि दबंग द टूर’मा भित्रिएकी छन् । तर, उनको नेपाल भ्रमणबारे केही खुलाइएको छैन । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने दबंग द टूर नेपाल’मा सलमानसहित बलिउड नायिका सोनाक्षी सिन्हा लगायतका कलाकारहरुको उपस्थिती हुनेछ ।

प्रतिकृया दिनुहोस