खेलकुद

स्पेसिन कोपा डेल रेमा चम्किए मेस्सी, बार्सिलोनाद्धारा सेल्टा भिगो ५ - ० ले पराजित

एजेन्सी । बार्सिलोनाद्धारा सेल्टा भिगो ५ ० ले पराजित भएको छ । स्पेसिन कोपा डेल रे फुटबल अन्र्तगतको गएरातीको खेलमा लियोनल मेस्सी एक्लैले २ गोल गर्न सफल भए ।

बार्सिलोनाका लागि मेस्सी बाहेक योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपेको खेलमा सेल्टा भिगो निकै दबाबमा रह्यो । खेलमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेको खेल निकै रोमाञ्चक बनेको थियो ।

प्रतिकृया दिनुहोस