साहित्य

ममताको ‘प्यास्टोरल प्याङ एट हयाङ्स ’को विमोचन

काठमाडौं । कवि ममता कर्माचार्यको कविता संग्रह  ‘अझै दुख्दै छ मन’ को अंग्रेजी संस्करण ‘प्यास्टोरल प्याङ एट हयाङ्स’ सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमका विचमा उनको उक्त अग्रजी संस्करणको विमोचन उनकै बुबा कवि एवं गीतकार उत्तम नेपालीले गरे । सन पब्किलेशनले उक्त अंग्रेजी संस्करण प्रकाशनमा ल्याएको हो । अझै दुख्दैछ मनका कविताको अंगे्रजी अनुवाद सन पब्लिकेशनका म्यानेजर डा नकुल परासरले गरेका हुन् । विमोचन समारोहमा विशेष अतिथि रहेका प्राध्यापक अभि सुवेदीले सवै कविता गुणात्मक रहेको बताए । ‘संग्रहमा समावेश कविता प्रेम र सम्बन्ध, त्यसमा आउने उतारचढावमा केन्द्रित छन्  ,सुवेदीले भने, ‘कसरी व्यक्तिको पर्सनल रिलेसन यूनिभर्सल रिलेसनको रुपमा विकसित हुन्छ भन्ने सम्बन्धमा पनि ममताका कविता जिवन्त छन् । 

कवि ममताले आफ्नो संग्रहवारे भनिन, ‘म जति लेख्छु खुलेर लेख्छु, मनले लेख्छु, उनले थपिन,जतिपनि कविता छन,माया, प्रकृति र अनुभूतिमा आधारित छन् ।  उनको कविता संग्रह अझै दुख्दैछ मन सन २०१४ मा प्रकाशित थियो जसमा ४८ वटा कविता संग्रहित छन् । सन पब्लिकेशनका डा नकुल परासरले सन पब्लिकेशन नेपाली साहित्यको श्रीवृद्विका लागी सदैव हातेमालो गर्न  तयार रहेको बताए । 

 

प्रतिकृया दिनुहोस