विविध

संघर्षले नै बनायो मुनालाई नेपालकै पहिलो महिला हेभि इक्विपमेन्ट चालक


काठमाडौं ।  मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन  । गोर्खाको हर्मी गाविसमा जन्मेकी उनका  दाजुभाइ थिएनन । पढाईमा अब्बल थिईन । पछि पढाईलाई बाध्यवतावश छोडनुपर्यो । ९ कक्षा पढदा पढदै विचमा बाध्यताले छोडेको पढाईलाई उनले अहिले स्नातक तहसम्म पुर्याएकी छिन् । जेठी छोरी, जिम्मेवारी विशेष थियो परिवारका सवैको रेखदेखको अर्थात कमाउनैपर्ने अवस्था थियो । सानैदेखि विद्रोही स्वभावकी उनी । स सानैमा मध्य मस्र्याङदी हाइड्रोपावरको कामा चल्दै गर्दा उनले ति स्काभेटर जस्ता हेभि मेसिनहरु देखेकी थिईन । उनल कसरी चलेका होलान भनेर ५,६ वर्षको उमेरमा हेर्ने गर्थिन । त्यतिवेला नै उनको बालमष्तिस्कमा कुरा खेल्थ्यो यो महिलाले चलाउन सक्छनकि सक्दैनन होला, चलाउन पाइन्छ कि पाईदैन होला यस्तै यस्तै ।

घरवाट १६ वर्षको उमेरमा कामको खोजिमा निस्किईन मुना । घुम्दै उनी कोहलुपर नजिकै हात्तिसार भन्ने पुगिन । एउटा कन्ट्रक्सन कम्पनी चलिरहेको थियो । उनले त्यहां रिसिप्सन काम पाईन,लामा स्वदेश निर्माण सेवामा । त्यहां रहदा उनले ति हेभि इक्विपमेन्छमा ध्यान दिन थालिन । शुरुमा त त्यसका निर्देशक मान बहादुर लामाले सोधे, निकै ध्यान स्काभेटरतिर दिन्छयौ, चलाउन मन छ ? उनले भनिन हो । उनले सिक्ने अनुमति पाईन । अफिसको काम सकाएर इक्विपमेन्टमा कसरी चल्छ, कसरी चलाउन सकिन्छ हेर्ने, कहिलेकाही सिक्ने गर्न थालिन । ६ महिना लगत्तै कुनै समय चलाउने मान्छे नभएर स्काभेटर खाली भयो, दैनिक ५०,६० टिपर सामान लोड गर्नुपर्ने । उनले आटिन त्यहि बेला । उनले अनूमति पाईन स्काभेटर चलाउने । पहिलोपटक चलाउदा हात कामे जस्तो भयो । कामले काम सिकायो उनलाई । त्यहांवाट उनले शुरु गरिन हेभी इक्विपमेन्ट चालकको यात्रा । आज पनि उनले लामा स्वदेश निर्माण सेवालाई त्यो श्रेय दिन्छिन । त्यो अवसर, त्यो सिप उनले त्यहीवाटै सिकिन । १६ वर्षकै उमेरमा हेभी इक्विपमेन्ट चलाएकी मुना लामा स्वदेश निर्माण सेवाका मानबहादुर लामालाई आभार प्रकट गर्छिन । त्यसपछि पेशा नै यसलाई बनाउने संकल्प बोकिन मुनाले । त्यो बेला नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर स्काभेटर चलाएकी होइनन उनले तर आज त्यो इतिहास निर्माण गरेकी छिन् । नेपालको पहिलो महिला हेभी इक्विमेन्ट महिला चालक बनेकी छन् । उनलाई ईख र पेचले त्यतातिर लग्यो । लामा स्वदेश निर्माण कम्पनी पछि उनी कालिका कन्ट्रक्सनमा काम गरिन । उनी धेरै ठाउंमा पुगेकी छिन् कामका सिलसिलामा । पछि काठमाडौ छिरिन । छिनेका चप्पल लगाएर भौतारिएर जागिरको खोजिमा निकै हिडिन् । तेज कन्ट्रक्सनमा अपरेटरको कुरा गरिन । अफिस पुल्चोक, वर्कशस थानकोट । उनी थानकोट पुगिन । वर्कशमा डाइरेक्टर बद्रिकुमार श्रेष्ठसंग म सक्छु मलाई काम चाहियो भनिन । उनले ट्रायल दिईन, सफल भइन । उनले आफ्नो संघर्ष अनि सफलतामा विशेष दुई जनाको नाम लिन चाहान्छिन, लामा स्वदेश निर्माणका मानबहादुर लामा, तेज कन्ट्रक्सनका बद्रिकुमार श्रेष्ठलाई विशेष श्रेय दिन्छिन् । त्यसपछि उनी इटहरिमा काम गर्न पुगिन । खोलामा काम गर्दा गर्दै पूर्व पश्चिम राजमार्ग नै बन्द भयो । केटीले स्काभेटर चलाएको छ भनेर सारा त्यो राजमार्गमा चल्ने सवारीका चालक अनि यात्रुको त बाटोमा गाडी रोकेर हेर्नका लागि घुंइचो लाग्न थाल्यो ।

उनी गुजरात पनि पुगेकी छन स्काभेटर चलाउन । त्यहां सम्मानित भइन । नेपालमा पनि त्यसपछि दर्जनौपटक सम्मानित भएकी छिन् । सरकारी जागिर खाने रहर थियो उनमा । उनी अहिले हेभी इक्विपमेन्ट डिभिजन कार्यालय बानेश्वरमा कार्यरत छिन् । अफिसमा कहिलेकाहि हासिमजाकमा भन्छन्, मुना त यहांको डन हो । उनी हक्की स्वभावकी थिईन । कसैले हेप्न सक्दैन्थयो । कसैले त्यसो नियत राख्यो भने प्रतिरोध गर्ने उनको बानी थियो । कहि कतै ट्रायलमा पास हुदा पनि गलत नियत भएकाहरुले यति सजिलै जागिर पाइन्छ भन्ने पनि भेटिए । र पनि हिम्मत हारिनन । चालक बनेरै छाडिन । कामकै सिलसिलामा चिलिमे हाइड्रोपावरदेखि सिन्धुली बर्दीवास सडक,काभ्रेको कोशीपारी हुदै राजापुर कोठियाघाट ब्रिज देखि भारतको गुजरातसम्म पुगेर काम गरिन । उनले आफुकहां हेभि इक्विपमेन्टमा रुचि राखेर आउनेलाई सहयोग गर्छिन,अनूभुति बाडछिन् । मुना नेपाल हेभि इक्विपमेन्ट संघको महासचिव पनि हुन् ।

प्रतिकृया दिनुहोस