प्रवास

१७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो नेपाली हत्यारा, बलात्कारपछि हत्या गरेका हत्यारालाई नेपाल झिकाइदै

काठमाडौं । झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका झापाकै लीलाराम गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।

झापा चन्द्रगढी ३ का स्थायी बासिन्दा रहेका ४० बर्षीय गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका लीलारामलाई २०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

हत्यारा अमेरिकामा पनि लुकेर बस्दै आएपनि अन्तत पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रतिकृया दिनुहोस