साहित्य

नेपालको धर्ती


अम्बिका गुरुङ
आज धर्तीले
के कोल्टे मात्र फरेको थियो,
सारा ब्रमाह्ण्ड नै त्राही त्राही भयो
नेपाल धर्तीको एक झट्काले,
आकाश पनि डरले थर्कमान भयो
ठुलो ठुलो कुरा हाक्ने
ठुलो बडाको सपना पनि
चकनाचुर भयो
के कहिले धर्तीलाई
धर्ती आमा भनि मानेका थियौ ?
के राजा के रंग धर्तीको लागी समान थियो ?
किन छुटट्यायौ राजा र रंगमा ?
के कहिले धर्तिलाइ आमा भनि सम्मान गरेका थियौ ?
किन छुटट्यायौ ठुलो महल र झोपडीमा ?
ति डाडा पाखाका ध्वस्त भैराखेका झोपडी पनि तिम्रै हो
ति ध्वस्त भैराखेका महल पनि तिम्रै हो
हेर आज धर्ती पीडाले विकल भयो
सबै माटोमा समान भयो
कुनै दिन समय तिम्रो मुठ्ठीमा थियो
त्यसको तिमीले कहिले कदर गरेनौ
कहिले धर्ती आमाको पिडा जान्न चाहेनौ
कहिले समयलाई पर्खेनौ ।।

प्रतिकृया दिनुहोस