खेलकुद

  निकै रोमाञ्चक खेल खेल्दै म्यानचेस्टर युनाइटेडले गर्यो अन्तिम ६ मिनेटमा दुई गोल

 

एजेन्सी । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको गएराती सम्पन्न खेलमा डर्बी काउन्टीबिरुद्ध म्यानचेस्टर युनाइटेडले २–० ले गोल अन्तरले पराजित गरेको छ । डर्बी काउन्टीलाई २–० ले गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ ।

गोल रहित बराबरीमा निकै नै रोमाञ्चक प्रतिस्पर्धा भएको खेलको अन्तिम ६ मिनेटमा म्यानचेस्टर युनाइटेडले दुई गोल गर्‍यो र नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

म्यानचेस्टर युनाइटेडका लागी खेल सकिनै लाग्दा जेसी लिङ्गार्ड र रामेलु लुकाकुले लगातार दुई गोल गर्न सफल भए । । लिङ्गार्डले ८४ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ९० औँ मिनेटमा लुकाकुले सुन्दर गोल गरेका हुन् ।

प्रतिकृया दिनुहोस