प्रवास

केन्यामा अलपत्र ७ नेपाली युवतीको भारतले गर्‍यो उद्धार, सुष्मा स्वराजले देखाइन् मानवीयता

काठमाडौं । भारतले केन्यामा अलपत्र परेका तीनजना महिलाको उद्धार गरेको छ । आफ्ना महिला नागरिकको उद्धार गर्नेक्रममा भारतले ७ जना नेपाली युवतीलाई पनि उद्धार गरेको हो । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आफ्ना देशका नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार गरेको कुरा ट्वीटर मार्फत जानकारी गराएकी छन् ।

स्वराजको ट्वीटमा ती महिलाको पासपोर्ट र मोबाइल लुटेर अलपत्र बन्धक बनाइएको उल्लेख छ । सङ्गठित रुपमा मानव ओसारपसार गर्ने गिरोहले उनीहरुलाई केन्याको मोम्बासा पुर्याएका थिए । भारतल ७ जना नेपाली महिलाको उद्धार गरेपनि नेपाल सरकार भने अझै बेखबर बनीरहँदा भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भने मानवीयता देखाउँदै ७ नेपाली युवतीलाई पुर्न जीवन दिएकी छिन् ।

प्रतिकृया दिनुहोस