विविध

चन्द्रागिरिमा अपाङग्ले खेले बोसिया खेल

काठमाडौं । मंगलवार दिउंसो चन्द्रागिरिको माहौल अलिक भिन्न थियो । चन्द्रगिरि पछिल्लो समयमा नेपालमा पर्यटकको भिड् लाग्ने नयाँ पर्यटकीय गन्तव्य स्थल बनेको छ । धार्मिक आस्था भएका भालेश्वर महादेवको दर्शन गर्न जान्छन, अरु चारैतिर नियालेर प्राकृतिक दृश्यको मज्जा लिन्छन् । राष्ट्रका मन्त्रीदेखि उच्च पदस्थ कर्मचारी देखि विदेशी कुटनीतिज्ञ सम्म त्यहां पुग्ने गर्छन । मंगलवार त्यहांको वातावरणमा फरक रौनक आएको अनूभुति हुन्थ्यो । त्यो रौनक कुनै देशको राष्ट्रप्रमुख, कुनै चर्चित कलाकार चन्द्रागिरि पुगेर सिर्जना भएको होइन । त्यहां रौनक त्यतिवेला आयो जतिवेला १० जना हिवलचियरमा रहेका अपाङग्हरुलाई लिएर उनीहरुका अभिभावक, अपाङगको हक अधिकारको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मी एवं अभियान्ता अनि मानविय सेवालाई उच्च प्रथामिकता राख्ने रोटरी क्लव अफ जावलाखेलका रोटरियनहरु त्यहां पुगे । हिवलचियरमा रहेका ति १० जना अपाङगलाई बोसिया खेल खेलाउन, उनीहरुलाई चन्द्रागिरि देखाउन  सवै त्यहां पुुगेका थिए । अपाङग्को क्षेत्रमा काम गरिरहेका र बोसिया खेलका लागि त्यहां पुगेका अपाङग अधिकारकर्मीको उत्साह उर्जा विशेष थियो । खेल्ने अपाङग खुशी थिए, खेलाउने खुशी थिए, आफ्ना अपाङ छोराछोरीलाई लिएर गएका उनीहरुका अभिभावक आफ्ना बच्चाको पनि खेल्ने खेल हुदोरहेछ भनेर अच्चिमत थिए, रोटरी क्लववाट गएकाहरु सच्चा रुपमा मानविय सेवाको काममा सहभागी हुन पाएकोमा गौरव गरिरहेका थिए । बोसिया खेल रोटरी क्लव अफ जावलाखेल सहयोग,एड्राड नेपाल,समाज कल्याण परिषद अपाङग् साहयता कोष,अपांगता भएका ब्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति  केन्द्रको संयोजन र नेपाल बोसिया एसोसियसन फर द डिस्याबल नामक संस्थाको आयोजनामा खेल भएको थियो । रोटरी क्लव अफ जावलाखेलकी अध्यक्ष शारदा आर्चाय पोखरेलले खेलको उद्घाटन गर्दै अपाङग्को हक हित एवं वृति विकासका लागि रोटरी क्लव अफ जावलाखेल सदैव प्रतिवद्व रहेको र आउदा दिनमा पनि अपाङगका कुनै पनि खालका रचनात्मक काममा  क्लव  हातेमालो गर्न सदैव तयार रहने प्रतिवद्वता  जनाईन । कार्यक्रममा अपाङग्  बालिका शुभेच्छा खतिवडाकी अभिभावक शोभा विष्ट खतिवडाले बोसिया खेलको आयोजनावाट अरु खेलवाट वञ्चित भएपनि अपाङग्  खेल्ने खेल पनि रहेछ भन्ने सन्देश मिल्दा खुशी लागेको बताईन । पर्यटनमा खेलकुदको आवश्यकतालाई बोध गराउन पनि उक्त खेल चन्द्रागिरिमा आयोजना गरिएको नेपाल बोसिया एसोसियसन फर द डिस्याबलकी अध्यक्ष गोमा पौडेलले बताईन । बोसिया खेलबाट पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि यस्ता खेल सहयोगी हुने पौडेलको भनाई थियो । खेलमा मस्तिष्क पक्षघात भएका, मस्कुलर डिस्ट्रबी, स्पाइनल बाफिडा, सिभियर स्पाइनलका शिकार भएका अपाङग्हरुको सहभागिता रहेको थियो । अपाङग्लाई पनि नयां ठाउं देख्ने, खेल्ने, खेलको आनन्द लिने रहर हुने हुदा हिवलचियरको सहयोग लिनुपर्ने  अपाङग्को लागि उक्त बोसिया खेलको आयोजना गरिएको एड्राड नेपालका अध्यक्ष डा विरेन्द्रराज पोखरलले बताए । त्यसका लागि पनि चन्द्रागिरिलाई रोजिएको पोखरेलले बताए । 

प्रतिकृया दिनुहोस