अर्थ

कुवेत-काठमाडौँ-कुवेत सिधा उडान आजदेखि

काठमाडौँ । आजदेखि कुवेत-काठमाडौँ-कुवेत सिधा उडान शुरु हुँदैछ। कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो। 

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग हिजो कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

काठमाडौँ–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ। 

प्रतिकृया दिनुहोस