खेलकुद

कस्ले गर्यो अर्जेन्टिनामा नै मेसीको मूर्तिमाथी फेरि तोडफोड ?

 एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको रियो डि ला प्लाटाको तटमा रहेको मेसीको मुर्ति फेरी तोडफोड गरिएको छ ।  अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त मुर्ति तोडफोड गरिएको हो अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

यद्यपी कस्ले तोडफोड गरेको हो भन्ने विषयमा अहिलेसम्म प्रहरीले केही भनेको छैन । यसअघि कोपा अमेरिकाको फाइनलमा पराजयपश्चात सन्यासको घोषणा गरेका मेसीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा मेयर होरासियो रोड्रिगेज लारेटाले अनावरण गरिएको उक्त मुर्ति यसपटक पुरै तोडिएको छ। यसअघि क्रिस्टियानो रोनाल्डोको मुर्तिमा पनि मेसीका समर्थकले तोडफोड गरेका थिए ।

प्रतिकृया दिनुहोस