कला/मनोरञ्जन

चितवन नै पुगेर प्रचण्डलाई भोट मागे माग्नेबुढाले

काठमाडौं । हाँस्यशृखला मेरी बास्सैबाट चर्चामा आएका हाँस्यकलाकार माग्नेबुढा अर्थात केदार घिमिरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट माग्दै गर्दा भेटीएका छन् । हाँस्यकलाकार मागनेले भरतपुर नै पुगेर प्रचण्डलाई भोट मागेपछि उनले कुन दलमा भोट हाल्छन् भन्ने कुराको राज खुलेको छ ।

माग्नेबुढा आइतबार भरतपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागी भएका घिमिरेले मञ्चबाटै प्रचण्डलाई भोट माग्न भ्याएका हुन् ।

सो अवसरमा संगीतकार चेतन सापकोटा, निर्देशक दिनेश डिसी, हास्य मनोज गजरेल, कलाकार सुरवीर पण्डितलगायतका कलाकारहरु समेत प्रचण्डलाई भोट माग्न चितवन पुगेका थए । यसअघि माग्नेले एमाले नेता लालबाबु पण्डितक लागी भोट मागेका थिए ।

 

प्रतिकृया दिनुहोस